काठमाडौँ, २४ भदौ । सेयर बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो ।
आज कुल १९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आज कुल १० लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत रूपमा हेर्दा आज सबै समूहका सूचक घटेका छन् । विकास बैंक समूहमा सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ । फाइनान्स, होटल, निर्जीवन बीमा र ट्रेडिङ सूचक समेत एक प्रतिशत भन्दा धेरैले घटेका छन् ।
आजको बजारमा सबैभन्दा धेरै कमाउनेको सूचीमा अपर लोहोरे हाइड्रोपावर रहेको छ । जसको मूल्य १५ प्रतिशतले बढेको छ। रहँदा अन्य कुनै पनि कम्पनीको वृद्धि दोहोरो अङ्कमा भएन ।






