सेयर बजार १५ अङ्कले घट्यो 

काठमाडौँ, २४ भदौ । सेयर बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो ।

आज कुल १९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आज कुल १० लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत रूपमा हेर्दा आज सबै समूहका सूचक घटेका छन् । विकास बैंक समूहमा सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ । फाइनान्स, होटल, निर्जीवन बीमा र ट्रेडिङ सूचक समेत एक प्रतिशत भन्दा धेरैले घटेका छन् ।  

आजको बजारमा सबैभन्दा धेरै कमाउनेको सूचीमा अपर लोहोरे हाइड्रोपावर रहेको छ । जसको मूल्य १५ प्रतिशतले बढेको छ। रहँदा अन्य कुनै पनि कम्पनीको वृद्धि दोहोरो अङ्कमा भएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र