‘अन्तिम दाउ’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ, २४ भदौ । चलचित्र ‘अन्तिम दाउ’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्ससहित दुईवटा ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गरेको छ । 

चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्ने छन् । एक्सन र थ्रिलर जानरामा निर्माण हुने चलचित्रको पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारलाई एउटै लाइनमा देखाइएको छ । पोस्टरमा कलाकारहरूको अनुहारमा चोट र रगत लत्पत्तिएको छ । 

दोस्रो पोस्टरमा रातो रंगको एउटा ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ । यस पोस्टरमा कविता र निश्चलको अनुहारलाई केन्द्रमा राखेर बाँकी चार कलाकारलाई तलको भागमा राखिएको छ ।

कविता नेपाली र निश्चल प्रधानसँगै पोस्टरमा विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामा छन् । उनीहरूको अनुहारमा रगत बगिरहेको चोट छ ।

चलचित्रको सह–निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा रहेका छन् । कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । रामप्रसाद चौधरीको सम्पादन रहने चलचित्रमा डीओपी संगम राईको रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ