हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

एजेन्सी, २४ भदौ । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिएका हुन् ।

विदेशमन्त्री ओर्बानले रुसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्नेबारे विस्तृत जानकारी दिएनन् । उनीहरूले कति समयभित्र हङ्गेरी छोड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन ।

उनका अनुसार रुसी राजदूतलाई हङ्गेरीका अधिकारीको मूल्याङ्कनअनुसार रुसी नियोगका १० सदस्यले हङ्गेरीमा कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी दिइएको थियो ।

भियना महासन्धिले कूटनीतिज्ञको आचरण, अधिकार र जिम्मेवारीसम्बन्धी अन्तर्राष्ट्रिय नियम निर्धारण गर्छ । विदेशमन्त्रीले यो निर्णयले हङ्गेरीको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने बताए । यद्यपि, यसबाट रुससँगको कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत नरहेको उहाँले स्पष्ट पारे ।

उनले विज्ञप्तिमा भने, “यसले रुससँग कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत गर्दैन । हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा

काठमाडौँ, १ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक

काठमाडौँ, ३१ भदौ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि