जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

काठमाडौँ, २४ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ । एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताए । उनका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या पार्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ