पुराना दलहरूलाई सुध्रन गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौँ, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् ।

आज जेनजी सहिद  दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल र नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका हुन् । 

साथै उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान गर्नुजस्तै रहेको बताए । आफूलाई चिल्ला भाषण गर्न नआउने भन्दै मन्त्री गुरुङले भने, ‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ र भन्न चाहन्छु त्यो दिन इतिहास कसैले फेरेर फेरिँदैन ।’ 

उनले इतिहास फेर्ने कोसिस नगर्न आग्रह गर्दै भने,‘आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीलाई अपमान गर्नु हो । त्यसैले सुध्रिनुस् अझै समय छ ।’ ‘न सत्ताको लोभ नै छ र शक्तिको घमण्ड नै’, ‘अहिले पनि छैन र त्यतिवेला पनि थिएन । सुशासनको पक्षमा उभिन मात्र युवा एकै ठाउँमा जम्मा भएका थियो । तर शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो । गोली हानियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । आज जेनजी सहिद  दिवसको अवसरमा काठमाडौँमा

काठमाडौँ, २३ भदौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् ।  आज

काठमाडौँ, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस

काठमाडौँ, २३ भदौ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका