आज जेनजी शहीद दिवस

काठमाडौँ, २३ भदौ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भएको थियो ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,