सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरुको उद्धार, राहत र पुनर्स्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ ।

समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्ति संकटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आर्शिवाद दिनुभएको थियो । मन्त्री श्रेष्ठले देश संकटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद दिनुभएको थियो । सरकार र सरोकारवाला सबै नागरिकको प्रयासले देश चाँडै संकटबाट निस्किने विश्वास उहाँले दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,