टिकटक बनाउने क्रममा एक किशोरी महाकालीमा बेपत्ता

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा सोही स्थान बस्ने १५ वर्षीया श्रृष्टि सुनार बेपत्ता भएकी हुन् ।

सुनार बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुर र प्रहरी चौकी बाबाथान कञ्चनपुरबाट प्रहरी टोली खटिएको जानकारी दिइएको छ ।

अहिले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी