टिकटक बनाउने क्रममा एक किशोरी महाकालीमा बेपत्ता

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा सोही स्थान बस्ने १५ वर्षीया श्रृष्टि सुनार बेपत्ता भएकी हुन् ।

सुनार बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुर र प्रहरी चौकी बाबाथान कञ्चनपुरबाट प्रहरी टोली खटिएको जानकारी दिइएको छ ।

अहिले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र