काठमाडौँ, २२ भदौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले २ महिनाको लागि ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्न लागेको हो । यसअघि भदौ १८ गते राष्ट्र बैंकले ३ महिनाको लागि १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।
अनलाईनमार्फत हुने उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । उक्त, निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते हुने जनाइएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरू सहभागी हुन पाउने छन् ।






