कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर, २२ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । 

बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ । आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकमा त्यसमा १७ जना सदस्यले आफ्नो धारणा राखेका थिए । सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामाले आफ्नो धारणा राखेका थिए । यसैगरी केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीले पनि आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

बैठकमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate