विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक

काठमाडौँ, १९ भदौ । गायिका विष्णु माझीले यसवर्षको तीज पर्वको अवसरमा पनि गीत ल्याएकी छन् । ‘घरबार’ बोलको यो गीतमा उनका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत छ ।

माझीको गायन समावेश छ । गीतमा विवाहपछिको घरबार, महिलाका भावना तथा परिवारको सुखदुःखलाई चित्रण गरिएको छ । साथै, वैदेशिक रोजगारीको प्रसंग समेत समेटिएको छ ।

लामो समयदेखि सार्वजनिक जीवनमा नदेखिएकी माझीले हरेक वर्ष तीजमा गीत ल्याउने गर्छिन् । यो गीतको लम्बाइ ११ मिनेट छ र विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई दर्शाइएको छ ।

यस गीतमा पनि ललिता पौडेलले नृत्य र अभिनय गरेकी छन् । माझी र अधिकारीका केही वर्षयताका हरेक गीतमा ललित प्रस्तुत हुँदै आएकी छन् । साथै, सुन्दरमणीको पनि भिडियो निर्देशन र अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र