विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक

काठमाडौँ, १९ भदौ । गायिका विष्णु माझीले यसवर्षको तीज पर्वको अवसरमा पनि गीत ल्याएकी छन् । ‘घरबार’ बोलको यो गीतमा उनका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत छ ।

माझीको गायन समावेश छ । गीतमा विवाहपछिको घरबार, महिलाका भावना तथा परिवारको सुखदुःखलाई चित्रण गरिएको छ । साथै, वैदेशिक रोजगारीको प्रसंग समेत समेटिएको छ ।

लामो समयदेखि सार्वजनिक जीवनमा नदेखिएकी माझीले हरेक वर्ष तीजमा गीत ल्याउने गर्छिन् । यो गीतको लम्बाइ ११ मिनेट छ र विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई दर्शाइएको छ ।

यस गीतमा पनि ललिता पौडेलले नृत्य र अभिनय गरेकी छन् । माझी र अधिकारीका केही वर्षयताका हरेक गीतमा ललित प्रस्तुत हुँदै आएकी छन् । साथै, सुन्दरमणीको पनि भिडियो निर्देशन र अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ