दैवी प्रकोप उद्धार कोषमा फिल्म ‘गौँथली’को १४ लाख सहयोग

काठमाडौँ, १९ भदौ । प्राकृतिक विपत्तिका कारण मुलुक आक्रान्त बनेका बेला फिल्म ‘गौँथली’ निर्माण टिमले मानवीय सहायताका लागि हात अगाडि बढाएको छ ।

यस कठिन घडीमा पीडित नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले ‘गौँथली’ परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।

चलचित्र युनिटले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकम हस्तान्तरण गर्दै ‘गौँथली’ परिवारले यो सहयोग केवल आर्थिक योगदान मात्र नभई सङ्कटमा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको माया, सद्भाव र ऐक्यबद्धता भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ