दैवी प्रकोप उद्धार कोषमा फिल्म ‘गौँथली’को १४ लाख सहयोग

काठमाडौँ, १९ भदौ । प्राकृतिक विपत्तिका कारण मुलुक आक्रान्त बनेका बेला फिल्म ‘गौँथली’ निर्माण टिमले मानवीय सहायताका लागि हात अगाडि बढाएको छ ।

यस कठिन घडीमा पीडित नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले ‘गौँथली’ परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।

चलचित्र युनिटले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकम हस्तान्तरण गर्दै ‘गौँथली’ परिवारले यो सहयोग केवल आर्थिक योगदान मात्र नभई सङ्कटमा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको माया, सद्भाव र ऐक्यबद्धता भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ