बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन् ।

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यस ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।  श्रीकृष्ण जन्माष्टमीको

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १८ भदौ । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको