बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन् ।

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यस ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र