विपत्तिमा सरकारबाट कमजोरी भएकै हो: अध्यक्ष घिसिङ

काठमाडौँ, १८ भदौ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कमजोरी भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहलाई घिसिङ पार्टीका पदाधिकारीसहित पुगेका थिए । उनले विपत्तिमा सरकारबाट कमजोरी भएको भन्दै त्यसलाई अब उद्धार, राहत र पुनस्र्थापनाबाट संबोधन गर्दै जानुपर्ने सुझाव दिए । उनले आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका थिए ।

उनले भने, “धेरै ठूलो विपत्ति भएकाले ल्याप्सेस भएकै छन् । त्यसलाई संबोधन गर्दै अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्रीसँग हाम्रो टिमको भेट भयो । अहिलेको विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर हामीसँग भएको रिसोर्स र बाहिरबाट थप रिसोर्स तत्काल परिचालन गरेर सुरुङमा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिनुपर्छ भन्यौँ । प्रधानमन्त्रीको पनि बाढीमा फसेकाहरूको उद्धारका विषयमा विज्ञासा थियो । उहाँले स्वदेशी र विदेशी दक्ष जनशक्ति ल्याउन पनि सरकार तयार रहेको बताउनुभयो ।” 

उनले शव व्यवस्थापनमा भएको ढिलाइले आम नागरिकमा आक्रोस बढिरहेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको जानकारी दिए । उनले प्रधानमन्त्रीसँगको भेटमा होल्डिङ सेन्टरमा राखिएकाहरूको सामाजिक र स्वास्थ्य सुरक्षाको विषय पनि उठाएको बताए ।

घिसिङले सडक पुगेका स्थानसम्म राहत सरकारीतर्फबाट पुगिरहेको भन्दै त्रिशूली पारिका स्थानमा भने राहत व्यवस्थित हुन नसकेको बताए । तर, विभिन्न संघसंस्था र निकायले पनि राहत बाँडिरहेकाले सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

बेत्रावतीसम्म तत्काल सडकको सहज पहुँच बनाउन र बेलिब्रिजमार्फत यातायातको पहुँच विस्तार गर्न उनले सुझाव दिएका थिए । यातायातसँगै विपद् व्यवस्थापन र पुनस्र्थापना सहज हुने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो