दैवी प्रकोप उद्धार कोषमा चितवन को–ई ग्रुपको डेढ करोड सहयोग

काठमाडौँ, १८ भदौ । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ।

राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले चितवन को–ई ग्रुपले कोषमा कुल १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोगअन्तर्गत ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ तथा चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

विपद्को समयमा एकअर्काको साथ र सहयोग नै हाम्रो शक्ति भएको भन्दै ग्रुपले एकताबद्ध प्रयासबाट प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणमा योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा