नेपालको लगातार दोस्रो जित

काठमाडौँ, १८ भदौ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ ।

आज नेपालले यूकेएम यूएसडी ओभलमा घरेलु टोली मलेसियालाई ६ विकेटले निराश बनाएको हो । मलेसियाले प्रस्तुत गरेको १०४ रुनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका अर्जुन कुमालले अविजित ४५ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका प्रहार गरे ।

इशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले अविजित १२ र रोहितकुमार पौडेलले १० रन बनाए । तेस्रो विकेटका निम्ति अर्जुन र इशानबीच ५७ रनको साझेदारी भएको थियो । मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन जोडे ।

नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एक/एक विकेट लिए । 

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको मलेसिया समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ । 

पहिलो खेलमा नेपालले बहराइलाई सात विकेटले हराएको थियो । मलेसियाले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो ।

नेपालले अब आउँदो आइतबार साउदी अरेबियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको