आजको राशिफल

काठमाडौँ, १८ भदौ । २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल ।   

मेष :  आलश्य बढ्नेछ । कुनै खबर सुनेर मन खिन्न हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। तर पठनपाठनमा भने ध्यान दिनुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन राम्रो छ । आम्दानीका नयाँ बाटा भेटिनेछन् । स्वास्थ्यमा  सुधार हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। पठनपाठनमा मन जानेछ। परिवारको साथमा रमाइलो जमघट हुने छ।

मिथुन : सञ्चित धनको खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। राजनीति नगर्नु उचित हुन्छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आज लामो दूरीको यात्रा नगर्नु उचित हुनेछ ।

कर्कट : दिन राम्रो छ। मन प्रशन्न रहने छ। स्वास्थ्यमा  गरेको श्रमको प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।

सिंह : खर्च बढ्ने दिन छ ।  संकटमा साथीको साथ मिल्नेछ। योजना सुनाउनु भन्दा सुरुवात गर्नु राम्रो हुन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ। मन मिल्ने साथीको साथ मिल्ने छ ।

कन्या : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत पत्ता लाग्ने छन्। स्वास्थ्यमा  सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ। आज साझेदारीमा गरेको लगानीबाट फाइदा हुनेछ ।

तुला : दिन राम्रो छ। तपाईंले आज कला र गला प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्ने छ। राजनीतिक क्षेत्रका साथीसँगको सहकार्य प्रभावकारी बन्दा सेवाको अवसर मिल्ने देखिन्छ।

वृश्चिक : रोकिएका कामहरु बन्नेछन् । मनमा उत्साह बढ्नेछ। साथीभाईसँगको भेटले नयाँ योजना बन्न सक्छ । अरुको चिन्ता गर्दा आफ्नो स्वास्थ्यमा जोखिममा पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।

धनु : दिन सामान्य छ। अनावश्यक यात्रामा सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्दा मन भारी बन्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। तपाईंको शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। मिहिनेत गरेमा श्रमको मूल्य मिल्नेछ ।

कुम्भ : दिन राम्रो छ। कतै घुमफिरको योजना बन्नसक्छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ। आध्यात्मिक वार्तालाभले मन हलुका हुने देखिन्छ। परिवारको साथ र सहयोग बढ्नेछ।

मीन : आज मानसम्मान प्राप्त हुने दिन छ ।  संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ । मन मिल्ने साथीसँग भेट हुनेछ । साथीको साथ मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्व हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक भएको

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

नुवाकोट, १९ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह

काठमाडौँ, १८ भदौ । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्