विगतका बेथिति रोक्दै फास्ट ट्र्याकबाट बजेट आउँछ : मुख्यमन्त्री भट्ट

काठमाडौँ, १७ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन् ।

आज बिहान नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताए।

मुख्यमन्त्री भट्टले जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने बताए। दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

उनले भने, ‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,’ ‘राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ