विगतका बेथिति रोक्दै फास्ट ट्र्याकबाट बजेट आउँछ : मुख्यमन्त्री भट्ट

काठमाडौँ, १७ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन् ।

आज बिहान नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताए।

मुख्यमन्त्री भट्टले जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने बताए। दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

उनले भने, ‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,’ ‘राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको

काठमाडौँ, १७ भदौ । नेपालमा गएकाे बाढी र पहिरोको विपद्मा सहयोग पुर्‍याउन छिमेकी मुलुक भारतले थप राहत सामग्री र जनशक्ति

काठमाडौँ, १७ भदौ । सङ्घीय संसद्का दुई अन्य समितिको बैठक आज बस्दै छ । बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध

काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ