भारतले पाँचाैँ चरणमा साढे ५ टन औषधि पठायो

काठमाडौँ, १७ भदौ । नेपालमा गएकाे बाढी र पहिरोको विपद्मा सहयोग पुर्‍याउन छिमेकी मुलुक भारतले थप राहत सामग्री र जनशक्ति पठाएको छ ।

भारतीय विदेश मन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार भारतबाट पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको छ।

नेपाल पठाइएको यस पाँचौँ विमानमा ११ सदस्यीय विशेष उद्धार टोली समावेश छन् । उद्धार र खोजी कार्यमा प्रयोग हुने अत्याधुनिक मेसिन तथा उपकरणहरू तथा बाढी र पहिरो प्रभावित क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्यालाई लक्षित गरी ५.५ टन अत्यावश्यक औषधिहरू पनि भारतले नेपाल पठाएकाे छ । 

विदेश मन्त्री जयशंकरले ट्वीट गर्दै भनेका छन्, “नेपालका लागि भारतको पाँचौँ विमान प्रस्थान गरेको छ। यसले ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधि बोकेको छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालैको बाढी र पहिरोबाट अति प्रभावित नुवाकोट र रसुवाका विभिन्न गाउँहरूको

काठमाडौँ, १८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा

काठमाडौँ, १७ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको