एचपिभी खोप अभियान सुरु हुँदै

काठमाडौँ, १७ भदौ । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने भएको हो ।

खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेष गरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने छ ।

बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबिच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ । बाँकेमा आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा