भारतीय अर्थतन्त्रको उच्च वृद्धिदर

काठमाडौँ, १६ भदौ । भारतको चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिक (अप्रिल–जुन) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.८ प्रतिशतले बढेको छ ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले यस अवधिमा ७ प्रतिशत वृद्धिको अनुमान गरेकोमा भारतीय अर्थतन्त्रले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेको बताएको छ ।

भारतको तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अनुसार यस त्रैमासिकमा भारतको जीडीपी करिब ८१.३६ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिब ७५.४६ लाख करोड रुपैयाँ थियो ।

विश्वव्यापी अनिश्चितता, इन्धनको मूल्य वृद्धि र आपूर्ति शृंखलाको समस्याका बाबजुद भारतीय अर्थतन्त्रले यो बलियो वृद्धि हासिल गरेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ठूलो उपलब्धि भन्दै निराशावादीहरू गलत साबित भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय नागरिकहरूको सामूहिक प्रयासले नै यो सम्भव भएको बताएका छन् ।

तर भारतीय विपक्षी दल कांग्रेसले आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिकमा हासिल भएको ७.८ प्रतिशतको जीडीपी वृद्धिको तथ्यांकलाई अर्थतन्त्रको अत्यधिक विकृत चित्रको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।