भोटेकोसी बाढीपीडितलाई कर्णाली सरकारले दुई करोड दिने

काठमाडौँ, १६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

आज बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

कर्णाली मन्त्रिपरिषद् बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ स्वीकृत समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र