प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ एपमार्फत सोझै भुक्तानी व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो ।

सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलेको प्रधानमन्त्री राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्न सकिन्छ ।

अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एपमार्फत नै सोझै रकम प्रविष्ट हुनेगरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २