बाढी पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक (तलब) सहयोग गर्ने निर्णय गरेका छन् ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिइन् । 

बैठकमा कांग्रेसका नेताहरू सम्मिलित टोलीले बाढी पहिरो प्रभावित क्षेत्रमा गरेको स्थलगत अनुगमनको बारेमा पनि छलफल भएको थियो । अनुगमनका क्रममा देखिएका समस्याहरूबारे अन्य सांसदहरूलाई जानकारी गराउँदै थापाले भनिन्, ‘विपत्तिका समयमा धेरै समस्याहरू छन्, जसलाई सम्बोधन गर्न सदन छिटोभन्दा छिटो सुचारु हुनुपर्छ। सदन चलेमा मात्र जिल्ला–जिल्लाका पीडित र हराइरहेका व्यक्तिहरूको समस्या बाहिर आउँछ र सरकारलाई जबाफदेही बनाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६