बाढी पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक (तलब) सहयोग गर्ने निर्णय गरेका छन् ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिइन् । 

बैठकमा कांग्रेसका नेताहरू सम्मिलित टोलीले बाढी पहिरो प्रभावित क्षेत्रमा गरेको स्थलगत अनुगमनको बारेमा पनि छलफल भएको थियो । अनुगमनका क्रममा देखिएका समस्याहरूबारे अन्य सांसदहरूलाई जानकारी गराउँदै थापाले भनिन्, ‘विपत्तिका समयमा धेरै समस्याहरू छन्, जसलाई सम्बोधन गर्न सदन छिटोभन्दा छिटो सुचारु हुनुपर्छ। सदन चलेमा मात्र जिल्ला–जिल्लाका पीडित र हराइरहेका व्यक्तिहरूको समस्या बाहिर आउँछ र सरकारलाई जबाफदेही बनाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो