काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रस्तावमाथि छलफलपछि बंगलादेशको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको हो ।
मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए ।
सभामुख अहमदले एक शोक सन्देश जारी गर्दै शोक सन्तप्त नेपाली परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।






