बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार नेपाल प्रेस सोसाइटी, भक्तपुर नागरिक समाज, भक्तपुर नागरिक कोष, प्राणी उद्यान सरोकार समाज र समृद्धिका लागि सहकार्यको संयुक्त आयोजनामा ‘विपद्ले उठाएका प्रश्न र रसुवाको बाढी’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति रामेश्वर थापाले विपद् प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि रगतको अभाव हुन नदिन रेडक्रस अहोरात्र खटिरहेको बताए । उनले विपद्का बेला उद्धार, शव व्यवस्थापन, रगत तथा राहत सामग्री व्यवस्थापनमा रेडक्रसले सरकार र सम्बन्धित जिल्लाका आफ्ना समितिसँग समन्वय गरिरहेको जानकारी दिए ।

कार्यक्रममा विपद् विज्ञ तथा नेपाली सेनाका पूर्व प्रमुख सेनानी रामहरि केसी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा, अधिवक्ता सुजिन भुजेल, रत्न प्रजापति, सुरेन्द्र खतिवडा र साहित्यकार छन्दविज्ञान निरौलालगायत स्थानीय बुद्धिजीवीले विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत तथा विपद्पछि देखिने चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रमको सभापतित्व नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए भने सञ्चालन रामकुमार खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो