बस दुर्घटना हुँदा ३२ जना घाइते

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ ।

बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन् । पाँच जनाको उपचार भइरहेको छ ।

बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको उनले बताए ।

यस्तै, सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१÷००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको