बस दुर्घटना हुँदा ३२ जना घाइते

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ ।

बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन् । पाँच जनाको उपचार भइरहेको छ ।

बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको उनले बताए ।

यस्तै, सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१÷००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर