रवि लामिछाने र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १४ भदौ । रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।

रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् । यसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा उनले दुःख व्यक्त गरे । तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको भन्दै उनले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र