काँकडभिट्टाबाट २४ अर्बको आयात

झापा, ७ भदौ । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ ।

यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ । एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी रु तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा रु १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर