जीतपुर सिमरा घटनाको दोषीलाई कारबाही गर्न कुलमान घिसिङको माग

काठमाडौँ, ६ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

आज उनले एक विज्ञप्ति जारी गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन् । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक घरमा भेटिएको थियो । प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या भएको हो ।

उज्यालो नेपालले बालिकामाथि भएको जघन्य अपराधले समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै पीडितलाई न्याय दिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र