सात पोखरी अतिक्रमणमुक्त बनाउन जनकपुरमा चलाइयो डोजर

जनकपुरधाम, ६ भदौ । धनुषाको जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन थालिएको छ ।

शनिबार बिहानदेखि पोखरीको डिल खाली गराउन सुरु गरिएको हो । पहिलो चरणमा पोखरीको अतिक्रमित डिल खाली गराउन लागिएको छ । ५० मध्ये सात पोखरी अतिक्रमणमुक्त गराइनेछ । त्यसपछि दोस्रो चरणमा मन्दिर परिसरका अतिक्रमित जग्गा खाली गराइनेछ । तेस्रो चरणमा अरू ठाउँका अतिक्रमण हटाउने योजना छ ।

पोखरीनजिक घर भएका व्यक्तिहरूले नै पछाडिपट्टिबाट उक्त स्थानमा  अतिक्रमण गरेका जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । स्थानीय आफैँले खाली नगरेपछि डोजर लगाएर अतिक्रमित संरचना हटाउन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

गएको साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरिएको थियो । शुक्रबार (भदौ ५) जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर पनि अतिक्रमित जग्गा खाली गर्न भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा