स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ: मन्त्री वाग्ले

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उहाँले यो स्पष्ट पार्नुभएको हो ।

गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

“गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो । तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,” उहाँले भन्नुभयो, “यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु ।”

उहाँले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ, ४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।

काठमाडौँ, ४ भदौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ । आज

काठमाडौँ, ४ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पियर-टु-पियर’ लेन्डिङलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ