काठमाडौँ, ४ भदौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ ।
आज बजारमा कुल ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा बढ्ने र घट्ने कम्पनीहरूको सङ्ख्या बराबर देखिएको छ । कुल १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटै कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्टस्काे सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । आज कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
कारोबार रकमका आधारमा आज एडीबीएल बैंक डिबेन्चर २०८७ शीर्ष स्थानमा रह्यो, जसको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड ४ लाख र सोलु हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।






