मानव अधिकार पुरस्कारका लागि मन्त्रालयले माग्यो सिफारिस

काठमाडौँ, ३ भदौ । सरकारले यस वर्षको ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।

नेपाल सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि योग्य व्यक्ति वा संस्थालाई कुनै पनि व्यक्ति वा संस्थाले सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ।

पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ र ‘मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८’ बमोजिम आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिफारिस पठाउनुपर्नेछ। सिफारिस गर्दा कार्यविधिको अनुसूचीमा उल्लेखित ढाँचामा विवरण भरेर सिधै मन्त्रालयमा वा मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने सूचनामा उल्लेख छ।

पुरस्कार सम्बन्धी नियमावली र कार्यविधिको विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा राखिएको छ। मन्त्रालयले प्राप्त सिफारिसहरू मध्येबाट उत्कृष्ट योगदान पुर्‍याउने एक व्यक्ति र एक संस्थालाई छनोट गरी विशेष समारोहका बिच पुरस्कृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा