रास्वपा केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार (भदौ ५) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकका एजेन्डा तय हुन बाँकी रहेको उनले उल्लेख गरे ।

“बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेकाले तयार भएलगत्तै सूचित गरिनेछ,” महामन्त्री आचार्यले भनेका छन् । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको

काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका