किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप

काठमाडौँ, १ भदौ । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो ।

यसअघि श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । थुना म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै पुनः थुना म्यादको माग गरिएको थियो । गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको थुनामुक्तीको माग राखेर उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।

यसअघि साउन २९ गते सर्वोच्चले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश

काठमाडौँ, १ भदौ । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

काठमाडौँ, १ भदौ । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । जनआस्था साप्ताहिकका

काठमाडौँ, १ भदौ । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी