फिल्म ‘मास्टर्नी’ हेर्ने दर्शकलाई स्कुटर जित्ने अवसर

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे छ ।

चलचित्रको भदौ ३ गतेदेखि ९ गतेसम्म खल्ती एपमार्फत टिकट काट्ने दर्शकमध्ये एक भाग्यशालीले BGAUSS इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्।

‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने अवसर नछुटाउनुहोस्!’ भन्दै निर्माण टिमले यो योजना अघि सारेको हो। निर्माण टिमका अनुसार भदौ ३ देखि ९ गतेसम्म खल्ती एपबाट चलचित्रको टिकट खरिद गर्ने दर्शकमध्ये एक जनाले भाग्यशाली विजेताका रूपमा स्कुटर घर लैजान पाउनेछन्।

चलचित्रलाई केन्द्रीय जाँच पास समिति ‘ सेन्सर बोर्ड’ ले एडल्ट सर्टिफिकेट दिएको छ । अव यो चलचित्रलाई १६ वर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्। 

आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण गरिएको हो । चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक