इन्डोनेसियाले ७५० भन्दा धेरै सरकारी उद्योग बन्द गर्ने

एजेन्सी, ३० साउन । इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ । राष्ट्रपति प्राबोवो सुबिआन्तोले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताउनुभएको छ ।

संसद्मा सम्बोधनका क्रममा उहाँले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताउनुभयो । गएको वर्ष सरकारी सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति कोष स्थापना गरेपछि इन्डोनेसिया सरकारले देशमा सरकारी स्वामित्वका एक हजार ७४ कम्पनी रहेको उल्लेख गरेको थियो ।

सरकारले अहिलेसम्म २९० वटा बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको सङ्ख्या ३०० भन्दा धेरै नरहने राष्ट्रपति सुबिआन्तोले बताएको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपतिले यो पुनर्गठनलाई विश्वकै सबैभन्दा ठूलो संस्थागत पुनर्संरचनामध्ये एक हुन सक्ने समेत बताउनुभयो ।

अहिलेसम्मको व्यवस्थापनबाट ५०० खर्ब रुपैयाँ अर्थात् दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा धेरै बचतको अवस्था बनिसकेको उहाँले बताउनुभएकाे छ । सरकारले चालु वर्षमा यस्तो खर्चबाट ७०० खर्ब रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ ।

इन्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको सङ्ख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।