‘गौँथली’ले गर्यो २१ करोड ४० लाख ग्रसकलेक्सन

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको छ ।

नेपाली चलचित्र उद्योगमा ‘१२ गाउँ’को नाममा रहेको रेकर्डलाई उछिनेको छ । ‘१२ गाउँ’को बक्सअफिस कलेक्सनलाई ‘गौँथली’ले पछि पारेको हो ।  ‘१२ गाउँ’को लाइफटाइम कलेक्सन १९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । समीर भट्ट र विराज भट्ट मुख्य भूमिकामा रहेको यो चलचित्रलाई विराज स्वयंले निर्देशन गरेका थिए । 

‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनानालगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक