काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
यो घटनालाई उनले लोकतन्त्रविरोधी गतिविधि भनेका छन् ।
नेता कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिनु लोकतन्त्रका निम्ति राम्रो संकेत नभएको टिप्पणी गरेका छन् ।
उनले आज फेसबुकमा लेखेका छन्, “पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत छ । श्रेष्ठलाई अविलम्ब रिहा गर्न र यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु,” ।






