पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २८ साउन । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ ।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदैछ ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ । बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन