जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ, २७ साउन । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ । 

आज प्रदेशसभा सचिवालय हेटौँडा र एमाले संसदीय दल कार्यालय हेटौँडामा नेता थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । 

एमाले संसदीय दलको नेता विरुद्धको अविश्वास प्रस्ताव दलको उपनेताले दर्ता गर्ने प्रावधान रहेको छ । हाल उपनेता नियुक्त नभएको अवस्थामा संसदीय दलकी कार्यालय सहयोगी सुशील खतिवडाले उक्त अविश्वास प्रस्ताव दर्ता गरेकी हुन् । 

संसदीय दलका कर्मचारी रिपेश दाहाल कार्य सिलसिलामा बाहिर रहेका बखत पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ, २७ साउन । सर्वाेच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी भएको सार्वजनिक खरिद ऐन २०६३ को

काठमाडौँ, २७ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका

काठमाडौँ, २७ साउन । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई