आज नेप्से ०.५५ अंकले बढ्यो

काठमाडौँ, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ ।

आज सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो ।

लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।  बैंकिङ ०.०५, फाइनान्स ०.२४ र  होटल तथा पर्यटन ०.८५  प्रतिशत बढे । विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि

काठमाडौँ, २५ साउन । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

काठमाडौँ, २५ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

काठमाडौँ, २५ साउन । बागलुङक काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति ढोरपाटन नगरपालिका–५