बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौँ, २७ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन् । 

बैठकमा अध्यक्ष दाहालले भने,‘माननीय सदस्यहरूले शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुन्नमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न/गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।’

अध्यक्षको यो रुलिङसँगै अब सरकारले ग्यास आपूर्तिको अवस्था र बजार अनुगमनका बारेमा सदनलाई जानकारी गराउनुका साथै आपूर्ति सहज बनाउन ठोस कदम चाल्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि

काठमाडौँ, २५ साउन । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

काठमाडौँ, २५ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

काठमाडौँ, २५ साउन । बागलुङक काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति ढोरपाटन नगरपालिका–५