आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)

काठमाडौँ, २६ साउन । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएकोको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकका निर्णय–

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने।

३. पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।

४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने।

५. पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु