विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमडाैँ, २६ साउन । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्ननिकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागिआवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

बैठकमा सचिव यादवका साथै अर्थ सचिव र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथासरोकारवालाहरू सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा जुट मिलको व्यवस्थापन, सञ्चालनकोसम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारेछलफल भएको थियो ।सचिव यादवका अनुसार कार्यदलले पुनः सञ्चालनकालागि आवश्यक आर्थिक, प्राविधिक, कानुनी तथा अन्य सम्बन्धित पक्षको वस्तुगत अध्ययन गर्नेछ। कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा आवश्यक निर्णय लिइनेछ ।  

सहसचिवको संयोजकत्वमा कार्यदलप्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलकोसंयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव रकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनुहुनेछ ।

त्यस्तै, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवसदस्य–सचिव रहनुहुनेछ । कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयमा पेस गर्नेछ ।मिल पुनः सञ्चालनका सम्बन्धमा यसअघि लिइएकानिर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदन, सुझाव रसिफारिसहरूको पनि कार्यदलले अध्ययन गर्नेछ ।

साथै मिल परिसरमा रहेका भवन, कारखाना,अन्य भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था समेत अध्ययन गरिनेछ । सम्पत्तितथा दायित्वसम्बन्धी विषयको फरफारकका लागि आवश्यक कानुनी तथा व्यावहारिक सुझावसरकारलाई पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु