भ्रष्टाचारी र अपराधीलाई कोर्रा हान्ने कानुन बनाऔँ : हर्कराज राई

काठमाडौँ, २६ साउन । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले भने, ‘मेरो–तेरो नभनीकन फटाहालाई कर्‍यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ ।

उनले मायाले छानबिन गरेर र सोधपुछ गरेर अपराधीहरू नसुध्रिने दाबी गर्दै बेथितिको समूल नष्ट गर्न कोर्रा नै अन्तिम विकल्प भएको बताए।

राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए । प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको उनको आरोप थियो। ‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ राईले भने। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।

काठमाडौँ, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गर्नुभएको

काठमाडौँ, २६ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  दिउँसो १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज

काठमाडौँ, २५ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताएका