कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेका थिए ।

बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिसम्बन्धी विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९

काठमाडौँ, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तु

काठमाडौँ, २६ साउन । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ