कोशी ग्यासलाई पौने ३ लाखबढी जरिवाना

काठमाडौँ, २५ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको छ।

प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि कोशी ग्यास उद्योग र विराटनगरको एक ट्रेडर्सलाई नगद जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा।लि। लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो ।

यस्तै, अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४/१८५ केजी० पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर ठगी गरिरहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। यसका साथै अत्यावश्यक सेवा अन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले उद्योग विरुद्ध थप कानुनी प्रक्रिया समेत अघि बढाइएको छ । 

यसैगरी, विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई पनि कारबाही गरिएको छ । अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै उक्त ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको