धार्मिक संस्थाहरूलाई कानुनी दायरामा ल्याउन संसदमा माग

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु राज्यको कमजोरी भएको बताएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद सरस्वती लामाले धार्मिक वा अन्य जुनसुकै बहानामा हुने हिंसाले अन्ततः देशलाई नै क्षति पुर्‍याउने भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन सरकारलाई सुरक्षा समन्वय र दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । 

उनले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानको रक्षा गर्दै सबै धर्म र आस्थाका केन्द्रहरूलाई व्यवस्थित बनाउनुपर्नेमा सांसद लामाले जोड दिइन् । उनले धार्मिक संस्थाहरूको व्यवस्थापनका लागि सबै धार्मिक संस्थाहरू अनिवार्य रूपमा सरकारी निकायमा दर्ता हुनुपर्ने, धार्मिक संस्थाहरूको आर्थिक स्रोत पारदर्शी हुनुपर्ने र नियमित लेखापरीक्षण गरिनुपर्ने र भविष्यमा द्वन्द्व न्यूनीकरणका लागि एउटा आस्थाको केन्द्रदेखि अर्को आस्थाको केन्द्रबिचको न्यूनतम दूरी र स्थानसम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गरिनुपर्ने माग गरिन् ।

सांसद लामाले यो कुनै धर्ममाथिको हस्तक्षेप नभएर सुशासन, पारदर्शिता र सामाजिक सद्भावका लागि चालिनुपर्ने कदम भएको स्पष्ट पारिन् । राज्यले सर्वधर्म सम्भाव को सिद्धान्तमा आधारित भएर सबै धर्म, संस्कृति र धरोहरको संरक्षण गर्नुपर्ने लामाले बताइन् । 

उनले भनिन्, ‘हाम्रो विविधता विभाजनको कारण होइन, राष्ट्रिय एकताको शक्ति बन्नुपर्छ,’ ‘धर्मको नाममा हुने कानुन विपरीतका गतिविधिलाई कडाइका साथ रोक्दै सबैका लागि समान कानुनी मापदण्ड लागू गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ । आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता

काठमाडौँ, २५ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान